२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमाले महाधिवेशन : केही बेरमा मतगणना सुरु हुँदै, सर्वपक्षीय बैठक बसेर नतिजा सार्वजनिक गरिने

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सम्पन्न भएको छ। कुल २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले मतदान गरे, भने ३६ प्रतिनिधि अनुपस्थित रहे।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल, महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ। अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानलसहित उम्मेदवारी रहेको छ।

हाल ८० वटा विद्युतीय भोटिङ मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ। प्रत्येक मेसिनको मुचुल्का खडा गर्न दुई मिनेट लाग्ने अनुमान गरिएको छ, जसअनुसार कुल ८० मेसिनको मुचुल्का खडा गर्न १६० मिनेट लाग्नेछ। चिप्स निकालिसकेपछि मेसिन लक गरी फरक–फरक कोड नम्बर अनुसार सिल गरिनेछ।

भोट सङ्कलनपछि सर्वपक्षीय बैठक बसेर मात्र नतिजा सार्वजनिक गरिने एमालेले जनाएको छ। निर्वाचन आयोगका अनुसार मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा घोषणा गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट