काठमाडौं / नेकपा (एमाले) की सांसद तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले विद्युतीय सवारीसाधन (बीवाइडी) सम्बन्धी कर निर्धारणमा ठूलो अनियमितता भएको आरोप लगाएकी छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अर्यालले संसदमा प्रस्तुत गरिएको बजेट र पछि सार्वजनिक भएको बजेटका अंकहरूमा फरक देखिएको दाबी गरिन्। उनले बजेटमा रातारात हेरफेर गरी कर छुट दिलाउने प्रयास भएको आरोप लगाउँदै यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरिन्।
‘रातारात कर छलेर राज्यलाई नोक्सानी पुर् याउने काम भएको छ, बजेटमा व्यापक तलमाथि गरिएको देखिन्छ । करका दर किन र कसरी परिवर्तन गरिए भन्ने विषय स्पष्ट पारिनुपर्छ,’ अर्यालले भनिन् ।
उनले बजेट निर्माण र कर निर्धारण प्रक्रियामा भएको भनिएको हेरफेरबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताइन्। साथै, संसदमा उठाइएका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदनको अवरोध जारी रहने चेतावनी समेत दिइन्।
प्रतिक्रिया दिनुहोस