काठमाडौ / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्ति अविलम्ब सच्याउनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूहरूद्वारा सदन अवरोध जारी रहे पनि प्रधानमन्त्रीले उक्त अभिव्यक्तिबारे कुनै स्पष्टीकरण वा वक्तव्य नदिएको भन्दै आपत्ति जनाए ।
साम्पाङले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित नभएको र उपस्थित हुने संकेतसमेत नदेखिएको टिप्पणी गर्दै सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरे ।
उनले भने, ‘हाम्रो देशले छिमेकी मुलुकको कुन–कुन क्षेत्रमा अतिक्रमण गरेको हो भन्ने विषय प्रधानमन्त्रीले पुष्टि गर्नुपर्छ, साथै, नेपाली जनतालाई सम्बोधन गर्दै आफ्नो भनाइ सच्याउनुपर्छ ।’
साम्पाङले प्रधानमन्त्रीको तर्फबाट अन्य व्यक्तिले जवाफ दिएर नहुने उल्लेख गर्दै प्रधानमन्त्री स्वयंले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने अडान दोहो¥याए।
प्रतिक्रिया दिनुहोस