काठमाडौ / प्रहरीले देशका विभिन्न स्थानबाट अवधै लागु औषधी सहित १७ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौको टोखा क्षेत्रबाट लागु औषध र नगद सहित एक युवालाई आइतबार पक्राउ गरेको हो ।
त्यस्तै झापा,उदयपुर,नवलपरास्री पुर्व, रुकुम पुर्व, रुपन्देही,सुनसरी,रुकुम पश्चिम, तनहु र बाँके जिल्लाका विभिन्न स्थानबाट लागु औषध सहित त्यसमा संलग्गनहरुलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । उनीहरुसँग आवश्यक सोधपुछ सहित अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस