२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक संकटमा

सोमवार , जेठ २५, २०८३

काठमाडौं । राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक संकटमा फसेको छ । 

सामान्य प्याकिङ गर्न बोरा किन्न नसक्दा उत्पादन भइसकेको करोडौँ रुपैयाँ बराबरको सिमेन्ट समेत गोदाममै थन्किएको छ । उदयपुर सिमेन्ट उद्योगमा प्याकिङ बोरा अभाव हुँदा करिब साढे ६ करोड रुपैयाँ बराबरको सिमेन्ट अलपत्र परेको हो । 

देशकै पुरानो तथा सरकारी स्वामित्वको उद्योगमध्ये एक मानिने उदयपुर सिमेन्ट उद्योग अहिले आर्थिक संकट, व्यवस्थापकीय कमजोरी र श्रमिक समस्याले थलिएको अवस्थामा पुगेको हो । उद्योगका अनुसार हाल उद्योग परिसरमा करिब ८२ हजार बोरा बराबरको सिमेन्ट मौज्दात रहेको छ । 

Screenshot 2026-06-08 144548.jpg

त्यसमध्ये करिब ५० हजार बोरा तयारी सिमेन्ट गोदाममै थन्किएको छ भने थप २७ हजार बोरा उत्पादन गर्न पुग्ने क्लिन्कर मौज्दात अवस्थामा रहेको जनाइएको छ । उत्पादन भएर तयार भइसकेको सिमेन्ट बजार पठाउन नसक्दा उद्योगको आर्थिक अवस्था झन् कमजोर बन्दै गएको छ ।

उद्योग प्रशासनले प्याकिङका लागि आवश्यक बोरा खरिद गर्नसमेत रकम अभाव भएको जनाएको छ । उद्योग प्रशासन प्रमुख गम्भिरजङ खत्रीका अनुसार प्रतिवोरा ७ सय ७५ रुपैयाँका दरले हिसाब गर्दा हाल थन्किएको सिमेन्टको मूल्य करिब ६ करोड ३५ लाख रुपैयाँ पुग्ने बताइएको छ । उनका अनुसार उद्योग प्राविधिक कारणले नभई आर्थिक अभावका कारण बन्द अवस्थामा पुगेको हो ।

यता उत्पादन विभागले पटक–पटक बोरा व्यवस्थापन गर्न आग्रह गरे पनि प्रशासनबाट प्रभावकारी पहल नभएको गुनासो गरेको छ । समयमै प्याकिङ र व्यवस्थापन हुन नसक्दा प्याकिङ हाउसमा छरिएको झण्डै ५ हजार बोरा बराबरको सिमेन्ट पूर्ण रूपमा नष्ट भएको उद्योगको भनाइ छ ।

Screenshot 2026-06-08 144526.jpg

उद्योगमा कार्यरत कर्मचारी तथा मजदुरले करिब १५ महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन् । दैनिक जीवन सञ्चालन गर्न कठिन भएपछि उनीहरू आन्दोलनमा उत्रिएका छन् । 

आर्थिक संकट, मर्मत अभाव, श्रमिक आन्दोलन र कमजोर व्यवस्थापनका कारण उद्योग पूर्ण रूपमा बन्द अवस्थामा पुगेपछि यसको भविष्यलाई लिएर स्थानीयवासी तथा सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट