काठमाडौ / सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन साताको बिदापछि पुनः अदालतको नियमित काममा फर्किएकी छन् ।
न्यायाधीश मनोज शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएको दिनदेखि बिदामा रहेकी मल्ल सोमबारदेखि इजलासमा सहभागी हुन थालेकी हुन् ।
सर्वोच्च अदालतले सोमबारका लागि उनलाई दुईवटा इजलासको जिम्मेवारी दिएको छ ।
र्यसूचीअनुसार उनले पहिलो चरणमा एकल इजलास सञ्चालन गर्नेछिन् भने त्यसपछि न्यायाधीश मेघराज पोखरेल सँग संयुक्त इजलासमा बसेर विभिन्न मुद्दामाथि सुनुवाइ गर्ने कार्यक्रम रहेको सर्वाेच्चले जानकाररी दिएको छ ।
प्रतिक्रिया दिनुहोस