२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमाले महाधिवेशन: मतगणना सुरु, मतपरिणाम आउन तीन घण्टा लाग्ने

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा १०: ०० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनले मतगणना सुरु भएको तीन घण्टामा मतपरिणाम सार्वजनिक हुने बताए ।

आज बिहान सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गरेको र ३६ प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए ।

एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहानदेखि सुरू भएको मतदान आज बिहान ७ः०० बजे सम्पन्न भएको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट