२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

आगामी निर्वाचनलाई सफल बनाउन सरकारले गम्भीर भएर काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

बिहिवार , पौष ३, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनलाई सफल बनाउन गम्भीर भएर सरकारले काम गरिरहेको बताएका छन् ।

बिहीबार गोरखापत्र संस्थान आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले निर्वाचनका लागि सुरक्षादेखि राजनीतिक दल, युवा लगाएत सबैसँग छलफल गरिरहेको भन्दै निर्वाचनलाई सफल बनाउन गम्भीर भएर सरकारले काम गरिरहेको बताएका हुन् ।

उनले निर्वाचनलाई उत्सवका रुपमा नभइ महोत्सवका रुपमा सम्पन्न गर्न सवैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । मन्त्री खरेलले निर्वाचनका साथै भ्रष्टाचार नियन्त्रण र सुशासनमा समेत सरकारले विशेष ध्यान दिएको बताए ।

पछिल्लो तीन महिनामा ३० वटा बढी भ्रष्टाचारका मुद्दा दर्ता भएको भन्दै उहाले विगतका दिनमा प्रभाव र दबाबमा मुद्दा अगाडि नबढ्ने अवस्थाको अन्त्य भएको जिकिर गरे ।

मन्त्री खरेलले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रुपमा अनुसन्धान गर्न सरकारले कुनै हस्तक्षेप नगरेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट