काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेललाई हराउँदै ओली अध्यक्षमा निर्वाचित भएका हुन्।
ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरेका हुन् ।
त्यस्तै, एमाले महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।
पोखरेलले १२२८ मत प्राप्त गर्दा पाण्डेले ९९९ मत प्राप्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस