काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट १९ पदाधिकारी निर्वाचित भएका छन्।
यो जितसँगै अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक भएको छ । ईश्वर पोखरेललाई हराउँदै ओली एमालेको तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
अध्यक्ष पदमा ओलीले १६६३ मत ल्याउँदा पोखरेलले ५६३ मत ल्याउँदै पराजित भएका हुन् ।
पदाधिकारीमा २ जनाबाहेक सबै ओली पक्षका निर्वाचित भएका छन्। ईश्वर पोखरेल पक्षका गोकर्ण विष्ट उपाध्यक्षमा निर्वाचित भए भने उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएका हुन् ।
एमाले महाधिवेशनमा २२६३ महाधिवेशन प्रतिनिधि थिए। ३६ जना प्रतिनिधिले मत हालेनन्। एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहानदेखि सुरू भएको मतदान आज बिहान ७: ०० बजे सम्पन्न भएको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका थिए ।
नवनिर्वाचित पदाधिकारी :
अध्यक्ष
केपी शर्मा ओली
उपाध्यक्ष - ५ जना
पृथ्वी सुब्बा गुरूङ
विष्णुप्रसाद पौडेल
रामबहादुर थापा बादल
गोकर्ण विष्ट (ईश्वर पोखरेल प्यानलबाट)
रघुजी पन्त
महासचिव - १ जना
शंकर पोखरेल
उपमहासचिव - ३ जना
लेखराज भट्ट
योगेश भट्टराई (ईश्वर पोखरेल प्यानलबाट)
रघुवीर महासेठ
सचिव - ९ जना
महेश बस्नेत
पद्माकुमारी अर्याल
शेरधन राई
यामलाल कँडेल
राजन भट्टराई
छविलाल विश्वकर्मा
खगराज अधिकारी
हिक्मत कार्की
भानुभक्त ढकाल
प्रतिक्रिया दिनुहोस