२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

फागुन २१ को निर्वाचनलाई महोत्सव बनाउनुपर्छ : सञ्चारमन्त्री

बिहिवार , पौष ३, २०८२

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सरकारले आफ्ना तर्फबाट तयारी गरिरहेको बताएका छन् ।

गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा उनले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई महोत्सव बनाउनुपर्नेमा जोड दिए ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले भने, “निर्वाचन सफल बनाउने वातावरणका लागि सरकारले काम गरिरहेको छ, मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ । निर्वाचनत उत्सव होइन, अब महोत्सव बन्दैछ ।”

निर्वाचनका लागि सरकारले स्रोतसाधन र जनशक्तिको व्यवस्था गरेर तयारी गरिरहेको उनले जानकारी दिए । “मुलुक निर्वाचनको दिशामा अगाडि बढिसकेको छ, सरकारले सबै तयारी गरिसकेको छ, निर्वाचन आयोगले पनि निरन्तर काम गरिरहेको छ । सबैजसो राजनीतिक दल निर्वाचनमा होमिएका छन् ।”

सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निर्वाचन सम्पन्न गर्ने कार्यदिशा पूरा गर्न सक्रिय भएको उल्लेख गरे ।

उनले तीन महिनामा ३० भन्दाबढी भ्रष्टाचारका मुद्दा अदाललतमा पुगेका जानकारी दिँदै विगतका दिनमा प्रभाव र दबाबमा मुद्दा अगाडि नबढ्ने अवस्थाको अन्त्य भएको प्रष्ट पारे । मन्त्री खरेलले भने, ‘‘हामीले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रूपमा अगाडि बढ्न सहयोग गरेका छौँ ।’’

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट