२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

नख्खु कारागारबाट रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै, आज रिहा हुँदै

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइको लागि रुपन्देही जाँदै छन्। नख्खु कारागार प्रशासनले उनलाई अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएको छ। केहीबेरमा उनी जहाजबाट भैरहवा प्रस्थान गर्ने तयारीमा छन्।

रुपन्देही जिल्ला अदालतमा पुगेर उनी छुटपुर्जी कागजात लिनुपर्नेछ। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रवि लामिछानेको पेश भएको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी स्वीकार गर्दै उनलाई थुनामुक्त गर्ने आदेश दिएको थियो।

उनको बिहान ७:५५ को टिकट भए पनि भैरहवा एयरपोर्ट आसपास हुस्सु लागेपछि उडान ढिला भएको रुपन्देहीका रास्वपा नेता मधु अर्यालले बताए। “एयरपोर्ट खुलेको छैन, सभापति काठमाडौं एयरपोर्टमै बसेको धेरै समय भयो। हामी भैरहवा एयरपोर्टबाट सिधै अदालत जान लागेका छौं,” उनले भने।

भैरहवा विमानस्थलका अनुसार कम दृश्यता ९भिजिबिलिटी० का कारण विमान उडान गर्न सकेको छैन। सूचना अधिकारी विनोदसिंह राउतले दृश्यता खुल्न करिब दुई घण्टा लाग्ने जानकारी दिए।

यसबीच, रास्वपाका कार्यकर्ता विमानस्थल वरिपरी उपस्थित छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट