२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको आज पहिलो बैठक

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालयले आज दिउँसो १: ०० बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्नेगरी बैठक बोलाइएको जनाएको छ । एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित नेतृत्वको शपथग्रहण बिहीबार सम्पन्न भइसकेको छ ।

आजको बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।

पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटी गठनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा पर्नसक्ने नेताहरूले जनाएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट