२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

मिडियामा पार्टीमाथि आँच पुग्ने कुरा नगर्न ओलीको निर्देशन, गुट अन्त्य भएको दाबी

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै पार्टीको प्रतिष्ठामा आँच आउने कुरा नगर्न निर्देशन दिएका छन् ।

ओलीले एमाले लोकतान्त्रिक पार्टी भएकाले आफ्ना कुरा राख्न पाउने भए पनि ती कुरा नीति निर्णय भन्दाविपरीत सामूहिक हित र राष्ट्रिय स्वार्थबाहेक नबोल्न सुझाएका हुन् । उनले त्यसलाई स्वतन्त्रता नभनिने बताए ।

उनले सार्वजनिक सञ्चारमाध्यममा पार्टीमाथि आँच पुग्ने कुरा नगर्न समेत निर्देशन दिए ।

त्यस्तै, उनले पार्टीभित्र गुट अन्त्य भइसकेको बताएका छन् । महाधिवेशनमा उम्मेदवार बन्दा कोही प्यानल र कोही स्वतन्त्र लडे पनि मतपरिणाम सार्वजनिक भइसकेपछि गुट सकिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट