२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

थुनामुक्त भएलगत्तै रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट थुनामुक्त हुने आदेश पाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने भएका छन्।

कार्यवाहक सभापति डिपी अर्यालद्वारा जारी विज्ञप्तिमा कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि सभापति लामिछाने तत्काल जिम्मेवारीमा फर्किने जानकारी दिइएको छ। अदालतको आदेशप्रति सम्मान व्यक्त गर्दै विज्ञप्तिमा रास्वपा विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति सधैँ प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

सभापति लामिछानेमाथि लगाइएका मुद्दाहरू अझै यथावत् रहे पनि ती तत्कालीन निरंकुश सरकारद्वारा सुरु गरिएको राजनीतिक प्रतिशोधको शृङ्खला भएको स्पष्ट भइसकेको पार्टीको ठहर छ। वर्तमान नागरिक सरकारले आवश्यक कदम चाल्दै उक्त प्रतिशोधको शृङ्खलालाई अन्त्य गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ।

साथै, राजनीतिक प्रतिशोधविरुद्ध निरन्तर खबरदारी गर्दै न्यायका पक्षमा उभिनु हुने देश–विदेशमा रहेका न्यायप्रेमी नेपाली तथा विभिन्न अभियानमार्फत् समर्थन जनाउने पार्टी सदस्य, समर्थक र शुभेच्छुकहरूप्रति विज्ञप्तिमार्फत् आभार व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट