काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफुबिरुद्धको षडयन्त्रले कत्तिपनि बिचलित नभएको बताएका छन् ।
शनिबार चितवनमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै लामिछानेले देशका निम्ति लड्दा आफुमाथि बिभिन्न षडयन्त्र भएपनि कत्तिपनि बिचलित नभएको बताएका हुन् ।
उनले जेनजीको आन्दोलन र उनीहरुको माग प्रति आफ्नो समर्थन रहेको समेत बताए । जेनजीको आन्दोलनपछि बनेको सरकारले बिचलित नभइ चूनाव गराउनुपर्ने उनको भनाइ छ । उनले वर्तमान सरकारलाई रास्वपाको पूर्ण समर्थन रहेको स्पष्ट पारे ।
आफुलाई हेलिकप्टरमा झुण्डिएर भाग्नेहरुले बिभिन्न मुद्दा लगाएर जेल पठाएको भन्दै लामिछानेले त्यस्ता निर्वाचनमा नेताहरुलाई शुन्यमा झार्न आग्रह गरे ।
त्यस्तै उनले देशमा परिवर्तन चाहनेसँग सहकार्य गर्न छलफल भइरहेको भन्दै यसका लागि आफु जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए ।


प्रतिक्रिया दिनुहोस