२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

म पार्टी बनाउन होइन देश बनाउन हिडिरहेको छु : हर्क साम्पाङ

शनिवार , पौष ५, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले आफु पार्टी बनाउन नभइ देश बनाउन हिडिरहेको बताएका छन् ।

शनिबार श्रम संस्कृति पार्टी रुपन्देहीले बुटवलमा आयोजना गरेको सभामा साम्पाङले आफु कार्यकर्ता खोज्न र पार्टी बनाउन नभइ देश बनाउन हिडिरहेको बताएका हुन् । देशमा अन्याय, अत्याचार र भ्रष्टाचार हटाउनका लागि साथ दिन उहाले आह्वान गरे ।

साम्पाङले देशका हरेक मान्छेले केहि न केहि काम गरे देशको समृद्धिको आधार आफै निर्माण हुने जिकिर गरे । उनले बाटो, पूल लगाएत सवै पूर्वाधार निर्माणका लागि विदेशीसंग सहयोग माग्ने प्रवृतिका कारण अन्य देशले नेपाललाई हेपेको बताए ।

उनले ढल्दै गरेको राष्ट्रिय स्वाभिमानलाई सबै मिलेर उठाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट