२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

मधेशमा सभामुख पदको निर्वाचन हुँदै, एमालेका त्रिलोकी र जसपा नेपालका रामअशिष उम्मेदवार

आइतवार , पौष ६, २०८२

काठमाडौं । मधेश प्रदेश सभाको रिक्त सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । पदअनुकूल आचरण नगरेको आरोपमा तत्कालीन सभामुख रामचन्द्र मण्डललाई सातदलीय गठबन्धनले गत मंसिर ३ गते दुईतिहाइ बहुमतबाट हटाएपछि नयाँ सभामुख चयन प्रक्रिया अघि बढाइएको हो ।

सभामुख पदका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेका प्रदेश सांसद त्रिलोकी प्रसाद र सातदलीय गठबन्धनतर्फबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव उम्मेदवार छन् ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट