२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कांग्रेस महामन्त्री विश्वप्रकाशले भनेः विशेष महाधिवेशन २७ पुसमै हुन्छ, पार्टी विभाजन हुँदैन

बिहिवार , पौष २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दाबी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले स्पष्ट पारेका छन्, “विशेष महाधिवेशन पुस २७ मा नै हुन्छ, पार्टी विभाजन हुँदैन। यदि पार्टी विभाजन हुने अवस्था आए महाधिवेशन हलबाट सबैभन्दा पहिले म बाहिरिन्छु।”

शर्माले भनेका छन्, “नेपाली काँग्रेसको पहिलो विशेष महाधिवेशनले पार्टीलाई सही मार्गमा अघि बढ्न दुरदृष्टि र दृढ इच्छाशक्ति दिएको थियो। दोस्रो विशेष महाधिवेशन भिन्न राष्ट्रिय परिस्थिति र भिन्न आन्तरिक अवस्थाको बीचमा भइरहेको छ। यस संवेदनशील र ऐतिहासिक घडीमा हामीले आन्तरिक एकतालाई सुदृढ गर्ने कार्य गर्नु पर्छ र पार्टीभित्र नयाँ आत्मविश्वास भर्नु पर्छ।

अर्कोतर्फ आजको नेपाल र भविष्यका नेपालका बारे सुझबुझपूर्ण दृष्टि, योजना र सङ्कल्प अघि सारेर मुलुकको विश्वास जित्न नयाँ ढंगले अघि बढ्नुपर्छ।”

उनले पार्टीको विधानमा रहेको व्यवस्था कार्यान्वयन गर्नु पार्टी विभाजनको संकेत नभएको पनि जोड दिए। साथै सबै प्रतिनिधिलाई महाधिवेशनमा उपस्थित हुन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट