२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कांग्रेस विभाजनको भय र भ्रम नराख्न महामन्त्री शर्माको आग्रह

शुक्रवार , पौष २५, २०८२

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्। राजनीतिक वृत्तमा कांग्रेसको भविष्यबारे अनेक टिप्पणी भइरहँदा उनले पार्टी फुट्ने भय र भ्रम नराख्न सबैलाई आग्रह गरेका हुन्।

महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत भने, “फुट्ने भय र भ्रम नराख्न फेरि पनि सबैलाई नम्र आग्रह। दोस्रो विशेष महाधिवेशन बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि।”

शर्माले अर्का महामन्त्री गगन थापाले दिएको ‘विष पिउने’ अभिव्यक्ति र आफ्नो ‘हलबाट बाहिरिने’ अभिव्यक्तिबारे प्रष्टिकरण दिँदै लेखेका छन्, “पार्टी एकता जोगाउन विष पिउन तयार। विभाजन हुन लागे हलबाट बाहिरिने। विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजन हुँदैन।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट