काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज सुरु हुँदैछ। आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सम्पन्न भएपछि आज बन्दसत्र आयोजना हुन लागेको हो।
महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार बिहानको खाजापछि बन्दसत्र सुरु गरिनेछ। ढिलोमा बिहान १० बजेदेखि बन्दसत्रका कार्यक्रम अघि बढाइने तयारी छ।
प्रतिनिधिहरूको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन आह्वान गरिएको हो। महाधिवेशनमा २६०० भन्दा बढी प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्।
कार्यविधि बनाएर बन्दसत्र सञ्चालन गरिनेछ। बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन् भने नीतिगत तथा संगठनात्मक प्रतिवेदन पेस गरिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस