काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ। भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको पहिलो दिन उद्घाटन सत्र सम्पन्न भएपछि आज बन्दसत्रको कार्यतालिका तय गरिएको हो।
बन्दसत्रको सुरुआत विशेष महाधिवेशनको कार्यविधि निर्माणबाट गरिनेछ। त्यसपछि नौ वटा समूह बनाएर चार विषयमा नीतिगत छलफल गरिनेछ।
विधान संशोधन, नीति तथा नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमा बृहत् छलफल हुनेछ। नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्ने विषयमा पनि छलफल हुने जनाइएको छ। यदि नेतृत्व परिवर्तनको निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने जनाएको छ।
नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकाले मतदान नहुन सक्ने उनको भनाइ छ।
यसैबीच महाधिवेशन प्रतिनिधिको नाम दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहनेछ। क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधि आज बिहान मात्रै काठमाडौं आइपुगेकाले बिहान ८ बजेदेखि सुरु भएको दर्तामा सहभागी भएका हुन्।
प्रतिक्रिया दिनुहोस