काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विशेष महाधिवेशनमा सहभागी हुन भृकुटीमण्डप जाने भन्ने विषयमा सामाजिक सञ्जालमा फैलिएको सूचना गलत भएको उनको सचिवालयले स्पष्ट पारेको छ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले केही व्यक्तिले भ्रम फैलाउने उद्देश्यले आधारहीन सूचना प्रवाह गरेको बताए। उनले भृकुटीमण्डपमा आयोजना हुने भनिएको कार्यक्रममा सभापति देउवाको सहभागितासम्बन्धी कुनै पनि कार्यतालिका नरहेको स्पष्ट गरे।
स्वकीय सचिव देउवाले सामाजिक सञ्जालमा फैलाइएका असत्य र आधारहीन सूचनाको पछि नलाग्न आग्रह गर्दै यस विषयमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस