काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।
प्रतिवेदन प्रस्तुत गर्दै शर्माले आत्मालोचना समेत गरेका छन् । उनले यस्ता गल्ती नदोहोर्याउने विकल्पसमेत प्रस्तुत गरेका हुन् ।
जारी बन्द सत्रले वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन लगायतका प्रस्ताव पेस भएको छ ।
श्यामकुमार खड्काको अध्यक्षतामा जारी बन्दसत्रमा ध्वनि मतले कार्यविधि अनुमोदन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस