काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलि (मंगलबार) पनि जारी रहने भएको छ ।
दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बैठक मंगलबारसम्म लम्बिएको हो ।
महामन्त्रीद्वयको प्रतिवेदनमाथि मंगलबार पनि छलफल चल्नेछ ।
साथै, मंगलबार नै नेतृत्व चयनसमेत थालिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस