काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
कांग्रेसले भोलि (मंगलबार) बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक आह्वान गरेको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरुलाई उपस्थित हुन निर्देशन गरिएको छ ।
एक पक्षले विशेष महाधिवेशन गरेपछि पार्टीमा विवाद बढ्दै गएको छ ।
संस्थापन पक्षले विशेष महाधिवेशन अवैधानिक भनिरहेको छ भने विशेष महाधिवेशन पक्षधरहरूले नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस