२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राजसंस्था स्थापनाको माग गर्दै अनिश्चितकालीन आन्दोलनको घोषणा

मंगलवार , पौष २९, २०८२

काठमाडौं । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहित सनातनी संवैधानिक राजसंस्था स्थापना गर्नुपर्ने माग गर्दै अनिश्चितकालीन आन्दोलनको घोषणा गरिएको छ ।

आयोजक निर्देश सेढाईले जारी गरेको आह्वान अनुसार नेपालका विद्यमान राजनीतिक, आर्थिक तथा संरचनागत समस्याहरूको दीर्घकालीन समाधानका लागि प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहित सनातनी संवैधानिक राजसंस्था स्थापना गर्नुपर्ने माग गरिएको छ ।

मुलुक हाल विश्वका धेरै राष्ट्रहरूजस्तै गम्भीर अनिश्चितता, भौगोलिक संवेदनशीलता र आन्तरिक अस्थिरताबीच आफ्नो अस्तित्व, अखण्डता र स्वाभिमान जोगाउन अदृश्य रूपमा अन्तिम लडाइँको आवश्यकता रहेको उनले बताएका छन् ।

उनले वर्तमान राज्य संरचनाले जनअपेक्षा पूरा गर्न नसकेको, आर्थिक बोझ बढाएको तथा प्रशासनिक जटिलता सिर्जना गरेको दाबी गरेका छन् । प्रादेशीय संरचनाले शासन प्रणालीलाई कमजोर बनाउँदै भ्रष्टाचार, दोहोरो प्रशासन र खर्चिलो व्यवस्थापनलाई बढावा दिएको उनले बताएका छन् ।

मुलुकको मौलिक पहिचान, ऐतिहासिक निरन्तरता र सांस्कृतिक सहअस्तित्वलाई संस्थागत गर्न हिन्दू, बौद्ध, किराँत, जैन, सिखलगायत सबै सनातनी मूल्य–मान्यता र आस्थालाई सापेक्ष रूपमा समेट्ने सनातनी संवैधानिक राजसंस्था स्थापना अपरिहार्य रहेको उनको धारणा छ ।

प्रत्यक्ष रूपमा जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाले राजनीतिक स्थायित्व, स्पष्ट नेतृत्व र जवाफदेहिता सुनिश्चित गर्ने उनले बताएका छन् ।

हालको परिस्थितिमा मुलुकलाई दीर्घकालीन संकटबाट मुक्त गराई नेपाललाई फेरि महान बनाउने लक्ष्यका साथ यो आन्दोलनलाई अन्तिम आन्दोलनको रूपमा अघि बढाइएको आयोजकको भनाई छ ।

आयोजकका अनुसार, आगामी २०८२ साल पौष ३० गते बुधवार काठमाडौँको बालुवाटारमा दिउँसो १२ बजेदेखि अनिश्चितकालसम्म बालुवाटार घेराउ गर्ने कार्यक्रम रहेको छ । शान्तिपूर्ण र अनुशासित सहभागितामार्फत आन्दोलनलाई सफल बनाउन आयोजकले सम्पुर्णमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट