२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

मंगलवार , पौष २९, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुल्क तोकिएको छ ।

कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले पार्टीको विधानअनुसार निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुल्क तोकेको हो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सभापति पदका लागि रु ३० हजार, उपसभापति र महामन्त्रीका लागि रु २५ हजार, सहमहामन्त्रीका लागि रु २० हजार र केन्द्रीय सदस्यका लागि रु १० हजार तोकिएको जानकारी दिए ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि कायम छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट