२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

पार्टी बलियो बनाउन व्यवस्थापकीय कुरा छलफलबाट मिलाउन सकिन्छ, नेतृत्व बाधक बने परिवर्तन गर्न तयार छु : राजेन्द्र लिङ्देन

मंगलवार , पौष २९, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन गर्न समेत आफु तयार रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा अध्यक्ष लिङ्देनले पार्टी बलियो बनाउने क्रममा व्यवस्थापकीय कुराहरु छलफलबाट मिलाउन सकिने भन्दै नेतृत्व बाधक बने परिवर्तन गर्न समेत आफु तयार रहेको बताएका छन् ।

अहिलेसम्मको सबै घटनाक्रमले, सबै अग्नि परीक्षाले राष्ट्रवादी आन्दोलनको मूलधार र शक्ति भनेको राप्रपा नै हो भन्ने प्रमाणित भएको उहाले बताए । उनले नेपालको निर्णायकत्व विदेशीको हातमा गएको, अनुभूति गरिने गरी प्रयोग भइरहेकाले समान बिचार भएकाहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए । नेपालको निर्णायकता नेपाली जनताकै हातमा राख्न, नेपालको राष्ट्रियतालाई सुदृढ बनाउन र समुन्नत, समृद्ध र सबल राष्ट्रको जिम्मा युवाहरुलाई दिने कर्तव्य आफुहरुको भएको उनले बताए । अध्यक्ष लिङ्देनले आगामी चूनावका लागि इमान्दारीका साथ मेहतन गर्दै निर्वाचन रूपी आन्दोलनमा होमिन अपिल समेत गरे ।

त्यस्तै राप्रपाका नेता कमल थापाले जेनजीको म्याण्डेड अनुसार भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त गराउने काम राप्रपाले मात्रै गर्न सक्ने बताए । अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र भएको उनले बताए । थापाले सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राष्ट्र, संवैधानिक राज संस्था सहितको प्रजातन्त्र र दुई तहको सरकार रहने शासन प्रणाली कायमका लागि निरन्तर सडक र सदनबाट दवाव दिने धारणा राखे ।

उनले आगामी चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पूर्ण बहुमत प्रदान गर्नको निमित्त अपिल गर्दै राष्ट्र निर्माणमा एकताबद्ध हुन आह्वान समेत गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट