२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

मानव बेचबिखन बिरुद्धको राष्ट्रिय नीति स्वीकृत, अरु के छन् सरकारका निर्णय ?

मंगलवार , पौष २९, २०८२

काठमाडौं । सरकारले मानव बेचबिखन बिरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ ।

पुष २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मानव बेचबिखन बिरुद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरिएको जानकारी दिए । बैठकले दलितको हक अधिकार तथा विकास सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ भने इलामको फिक्कल, सोलुखुम्बुको सोताङ, बाजुराको कोल्टी र मुगुको रामतडीमा मालपोत एवं नापी कार्यालय स्थापना गर्ने निर्णय भएको उनले बताए ।

त्यस्तै बैठकले म्यानमारमा भइरहेको निर्वाचनमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकको रुपमा माघ ९ देखि १२ गतेसम्म सहभागी हुन निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरलाई स्वीकृति दिने निर्णय गरेको उनले बताए ।

त्यस्तै बैठकले पञ्चबर्षिय वित्तीय क्षेत्र विकास रणनीति स्वीकृत गर्ने र नेपाली सेनाका तीन जना महासेनानीहरुलाई सहायक रथीमा बढुवा गर्ने र दुई जना महासेनानीहरुको सरुवा गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट