काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर छलफल भइरहेको छ ।
पार्टीलाई एकताबद्ध गर्ने प्रयास स्वरुप वार्ता भइरहेको नेताहरुले जनाएका छन् । केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुग्नुभएका कांग्रेस नेता एनपी साउदले दुई पक्षको छलफल चलिरहेको र पार्टीलाई फुटबाट जोगाउने प्रयास भइरहेको जानकारी दिए ।
छलफल टुङ्गिएपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने उनले बताए । उनले केहि बिषयमा दुबै पक्ष सहमति नजिक पुगेको र केहि बिषयमा अझै पनि छलफल जारी रहेको धारणा राखे । नेता साउदले विधानको दायरालाई सम्मान गर्दै वार्तालाई निष्कर्षमा पुराएर पार्टीलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए ।
उनले कांग्रेसको प्रजातान्त्रीक संस्कृति अनुसार नै अर्को पक्ष पनि सहमतिमा आउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस