२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कांग्रेस विशेष महाधिवेशनः निर्वाचन प्रक्रिया अघि बढ्यो, मनोनयन दर्ता सुरु

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ ।

केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार उम्मेदवारहरूले बिहान ९ः१५ बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन् । मनोनयन प्रक्रिया सम्पन्न भएपछि निर्वाचनसम्बन्धी अन्य कार्यक्रम अघि बढाइने उनले जानकारी दिए ।

पार्टीको पुरानै विधानअनुसार हुने निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री तथा १२१ केन्द्रीय सदस्य पदका लागि मतदान हुने छ । विशेष महाधिवेशनले तय गरेको कार्यविधिअनुसार पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको हो, जसको संयोजकत्व वरिष्ठ अधिवक्ता केसीले गरिरहेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कुल चार हजार ७४३ मतदाता रहेकामा निधन भएका तथा अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि कायम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट