काठमाडौं । नेपाली कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु भएको छ । भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम अगाडि बढेसँगै देउवाले यो बैठक बोलाएका हुन् ।
अन्तिम निर्णय बैठकमा देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित अन्य शीर्ष नेता बोलाएका छन् । बैठकमा संस्थापन पक्षका बालकृष्ण खाण, रमेश लेखक र शेखर कोइराला समूहका डा. मिनेन्द्र रिजालसहितका नेताहरू सहभागी छन् ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन मंगलबार साँझ पारित भएपछि बन्द सत्र समापन गरिएको छ । यसैबीच, विशेष महाधिवेशनका नेताहरूले पदाधिकारीको खाका तयारी गरिरहेका छन् ।
बुधबार बिहान वार्ताको ढोका खुला राखिँदा निर्वाचन तालिका अनुसार प्रक्रिया अघि बढ्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस