काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टी नफुटाउन उदारतापूर्वक आग्रह गरेका छन्।
बुधबार सभापति देउवासँग महामन्त्रीद्वय थापा र शर्माको भेटका क्रममा देउवाले आफू उदार रहेको र टिकटमा हस्ताक्षर महत्त्वपूर्ण नभएको बताए। डा. प्रकाशशरण महतका अनुसार, देउवाले भने, “टिकट जसले हस्ताक्षर गरे पनि हुन्छ, मेरो तर्फबाट कुनै बाधा छैन। पार्टी नफुटाउनुस्।”
उक्त भेटमा गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन प्रतिनिधिहरूसँग सल्लाह गरेर निर्णय लिने जानकारी सभापति देउवालाई दिएका छन्।
प्रतिक्रिया दिनुहोस