काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सभापति पदमा महामन्त्री गगन थापाको एकल उम्मेदवारी दर्ता भएको छ । भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।
पुष्पा भुसालले सहमहामन्त्री पदमा उम्मेदवारी दिएकी छन् ।
बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र शर्माले वार्ता गरेपनि वार्ता सफल भएन । संस्थापनसँगको वार्तामा प्रगति नभएपछि भृकुटीमण्डपमा धमाधम उम्मेदवारी दर्ता हुन थालेको हो ।
प्रतिक्रिया दिनुहोस