२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सुरक्षा निकायको मनोबल उठाउन सरकारले कुनै कसर बाँकी राख्दैन : गृहमन्त्री अर्याल

बुधवार , पौष ३०, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायको मनोबल उठाउनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

बुधबार जनकपुरमा मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा धाँधली रहित रूपमा सम्पन्न गराउनमा सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरुको मनोबल उठाउनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन् । उनले आगामी फागुन २१ गते हुने चुनावलाई सफल बनाउनका लागि सरकारले सुदृढ शान्ति सुरक्षा व्यवस्था मिलाउने गरी अगाडी बढेको धारणा राखे ।

निर्वाचनलाई सफल बनाउन शान्ति सुरक्षादेखि निर्वाचन आयोगलाई चाहिने हरेक प्रकारका सहयोग गरिरहेको उनको भनाइ छ । गृहमन्त्री अर्यालले जेनजी आन्दोलनको म्याण्डेड अनुसार सुशासन कायम गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्न सरकार तत्पर रहेकाले कुनै आशंका नगर्न आग्रह समेत गरे ।

उनले कुनै पनि हिंसा हुन नदिन सरकारले रोकथामका जोड दिएको बताए । सामाजिक सञ्जालको दुरुपयोगतर्फ सचेत रहन आग्रह गर्दै उनले त्यस्ता काममा लाग्ने जोकोहिलाई कारबाही हुने चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट