२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

पार्टीभित्रको एकता कायम राख्न जस्तोसुकै लचक हुन पनि तयार छु : सभापति देउवा

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू जस्तोसुकै लचक हुनपनि तयार रहेको बताएका छन् ।

बुधबार आफ्नै निवासमा विशेष महाधिवेशनका सन्दर्भमा पार्टीभित्रदेखिको विवादका बिषयमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको टोलीसंगको छलफलमा सभापति देउवाले पार्टीलाई एकताबद्ध भएर अघि बढाउनुपर्ने भन्दै यसका लागि आफू जस्तोसुकै लचक हुनपनि तयार रहेको बताएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

टिकट वितरणका लागि निर्वाचनमा आफ्नो आधिकारिक हस्ताक्षर बुझाइएको विषयमा त्याग गर्नुपर्ने मागका सन्दर्भमा उनले आफू त्यसलाई छोड्न तयार रहेको बताएको प्रवक्ता महतले जानकारी दिए । उनले अन्य बिषयबस्तुमा ठूलो समस्या नभएकाले पार्टी फुटबाट जोगाउनका लागि पनि महामन्त्रीहरुलाई आग्रह गरेको महतले बताए । त्यस्तै सभापति देउवाले संसदीय बोर्ड नै सल्लाह गरेर गठन गर्न समेत प्रस्ताव गरेको । उनले जानकारी दिए ।

सभापति देउवाले चूनाव लड्ने बिषयमा आएका बिषयमा महामन्त्रीद्वयले सभापतिले चूनाव लड्न नहुने कुरा नगरेको स्पष्ट पारेको महतले बताए । महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवासँग छलफल भएका विषयमा विशेष महाधिवेशनमा छलफल गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट