२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कांग्रेसले गर्यो गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्काशन

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायतलाई पार्टीबाट निष्काशन गरेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले पार्टी हितविपरीत गएको भन्दै उनीहरुलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ–आफ्नो भूमिकामा फर्किन आग्रह गरेको छ ।

पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले आह्वान गरेका थिए ।

पार्टी विभाजन रोक्न भन्दै नेताहरूले छलफलमा गरेका थिए । त्यस्तै, महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरे पनि निकास निकाल्न सकेनन् ।

त्यस्तै, कांग्रेसले सहमहामन्त्री फर्मुल्लाह मन्सूरलाई पनि ५ वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ ।

नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर लैजान दुई महामन्त्रीले अन्तिम विकल्पका रूपमा आठ बुँदे प्रस्ताव पठाएका थिए । तर ती प्रस्ताव इन्कार गर्दै संस्थापन पक्ष कारबाहीमा अगाडि बढेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट