२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

दोस्रो विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापतिमा चयन, सबै पदाधिकारी सर्वसम्मत

बिहिवार , माघ १, २०८२

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका छन् । पार्टीको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापतिमा सर्वसम्मत भएका हुन् ।

यस्तै उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सर्वसम्मत चयन भएका छन् भने महामन्त्रीको जिम्मेवारी गुरु घिमिरे र प्रदीप पौडेलले पाएका छन् ।

यता सहमहामन्त्रीमा खस आर्यतर्फ उदय शमशेर राणा, दलिततर्फ प्रकाश रसाइली ‘स्नेही’, मधेसीतर्फ मुक्ताकुमारी यादव, महिलातर्फ डिला संग्रौला, मुस्लिमतर्फ फरमुल्ला मन्सुर, थारु समुदायतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रतर्फ कर्णबहादुर बुढा र आदिवासी जनजातितर्फ बहादुरसिंह लामा सर्वसम्मत चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट