२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सभापतिमा निर्वाचित भएपछि गगनको प्रतिबद्धता: कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छु

बिहिवार , माघ १, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले पार्टीको शिर झुक्न नदिने प्रतिबद्धता जनाएका छन् ।

मध्यराति काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनबाट सभापति चुनिएपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘नेपाली कांग्रेसको सभापतिको नाम लिँदामात्रै पनि गर्वले छाति ।फराकिलो हुन्छ । यो सानो जिम्मेवारी होइन । म इमानदारीतापूर्वक भन्छु, जुन विश्वासको साथ यो जिम्मेवारी सुम्पिनुभएको छ । कसैको पनि शिर झुक्न दिने छैन । नेपाली कांग्रेसको शान राख्छु,’ थापाले भने ।

साथै, उनले नेपाललाई दुखेको बेलामा, नेपाली कांग्रेसलाई घाउ लागेको बेलामा अहिले विशेष महाधिवेशन गर्ने मन नभए पनि बाध्यताले गर्नुपरेको बताए ।

‘हामी कसैको पनि यो रहर थिएन । यो बाध्यता थियो । यो जोखिम हामीले उठाउनै पर्थ्यो । मैले भन्दा पनि धेरै जोखिम तल बस्ने साथीहरूले उठाउनुभएको छ ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट