२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै

बिहिवार , माघ १, २०८२

काठमाडौं । गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ ।

विशेष महाधिवेशनबाट सभापति चुनिएपछि थापा नेतृत्वको कांग्रेसले बिहीबार बिहान ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा बस्ने गरी पहिलो केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो ।

भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापालाई कांग्रेस सभापति चुनेको थियो । त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई चुनेको छ भने महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेललाई चुनेको छ ।

विशेष महाधिवेशनले बुधबार थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको थियो । पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट