२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सभापति थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र निर्माण समिति गठन, अरु केके भए निर्णय ?

बिहिवार , माघ १, २०८२

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको छ ।

बिहीबार ललितपुरमा बसेको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवशेनले गरेका निर्णयलगाएत बिषयमा निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले उम्मेदवार प्रयोजनका लागि आधिकारिक दस्तखत परिवर्तन गर्ने, समानुपातिक सूचीलाई संशोधन गर्ने, कानुनी र वैधानिक दायित्वहरू पूरा गर्न आयोगमा विवरण बुझाइने उल्लेख गरे ।

बैठकले सभापति गगन थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र निर्माण समिति गठन गरेको छ । घोषणापत्र समिति केवल घोषणाका लागि नभई एक्सनका लागि, भिजन सहितको हुने र ठोस योजना र कार्यपद्धति यसमा समेटिने प्रवक्ता चालिसेले बताए ।

त्यस्तै बैठकले निर्वाचनलाई केन्द्रीत गरेर उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरिएको प्रवक्ता चालिसले बताए ।

त्यस्तै बैठकले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै बदलिएको परिस्थितिमा बदलिएको कांग्रेस निर्माण गर्ने संकल्प गरेको छ । बैठक शुक्रबार पनि जारी रहने प्रवक्ता चालिसेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट