२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कांग्रेस फुट्नु अघि अन्तिम दुई दिनको बैठकमा देखिएका दृश्य

बिहिवार , माघ १, २०८२

काठमाडौं । नेपाली कांग्रेस बुधबार विभाजित भयो । विभाजित हुन अघिको अन्तिम केन्द्रीय समिति बैठक अनौठो भयो । मंगलबार दिउँसोका लागि बोलाइएको बैठक साँझ एक मिनेट बसेर सकिएको थियो । बुधबारको बैठक पनि तीन मिनेट भन्दा धेरै चलेन ।

बुधबार बिहानका लागि बोलाइएको बैठक सहमति खोज्दाखोज्दै दिउँसो मात्र बस्न सक्यो । हलमा बैठक शुरु हुनु भन्दा अगाडी पटक पटक चन्द्र भण्डारीले आफ्नो मोबाइलबाट रमेश लेखकलाई कसैसँग कुरा गराएको देखिन्थ्यो । त्यो बैठकमा जे गरियो, सबै स्तब्ध भए ।

केहि आठ, दश जनाको मुहारमा खुसी देखिएको थियो । धेरै स्तब्ध देखिन्थे, बैठकपछि केही केन्द्रीय सदस्यहरुको आँखा भरी आँशु देखिएको थियो ।

बैठक सुरु हुनासाथ कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मूल्लाह मन्सुरलाई पार्टीबाट निकाल्ने निर्णय पढेर सुनाए । निर्णय सुनाउँदा हल स्तब्ध थियो, निर्णयको समर्थनमा १५ः२० जनाले मात्र ताली बजाएका थिए । बाँकी सदस्यहरु मौन बसे ।

खड्काले निर्णय सुनाउनासाथ बोल्नका लागि दिनेश कोइराला र मिन विश्वकर्मा जुरुक्क उठे । खड्काले मिनलाई बोल्न दिए । मिनले विधानमा भएको व्यवस्था बारेमा कानुनविद्हरुलाई बुझाउनुपर्यो बिधानको कपि दिनुपर्यो भने । त्यसपछि दिनेशलाई बोल्न पालो दिइएन । खड्काले बैठक सकिएको घोषणा गरे ।

सबैजना जराकजुरुक उठ्दै गर्दा दिनेश कोइरालाले भने पार्टीले गलत गर्यो ।

विशेष महाधिवेशनको स्वामित्व लिएर पार्टी एक बनाउन पर्थ्यो । अगाडि रहेका चन्द भण्डारी र दिनेश कोइरालाले आँशु पुछ्दै थिए । मिन बिश्वकर्मा र दिनेश कोइराला दुवै जना उठ्दा मिनलाई बोल्न समय दिइयो तर दिनेशलाई दिइएन ।

गगन, विश्व र फरमुल्लाहालाई कारबाही गर्ने निर्णयमा क–कसले हस्ताक्षर गरे ? अहिले खोजी हुँदैछ । तर, कांग्रेसको परम्परामा कुनै पनि निर्णयमा सबै सदस्यलाई हस्ताक्षर गराइँदैन । उपस्थितिमा हस्ताक्षर गराइन्छ, त्यसपछि निर्णय सुनाइन्छ बैठकमा १२१ जनाएको उपस्थिति रहेको कार्यालयले जानकारी गराएको छ । त्यसमा सबैले सहमति जनाएको मानिन्छ ।

कारबाहीको निर्णय पनि यही परम्परा अनुसार गरिएको थियो । त्यसैले कारबाहीको निर्णयमा क–कसले हस्ताक्षर गरे, क–कसले हस्ताक्षर गरेनन् भन्नुको कुनै अर्थ नभएको एक केन्द्रीय सदस्यले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट