२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

गगन थापा नेतृत्वको कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा दियो निवेदन

बिहिवार , माघ १, २०८२

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।

बिहीबार पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगाएतका नेता र कानून व्यवसायीसमेत आयोग पुगेर विशेष महाधिवेशनपछि पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएका हुन् । पार्टीका तर्फबाट सभापति थापाले कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अद्यावधिकका लागि पार्टीको सम्पूर्ण दस्तावेज बुझाएका थिए ।

सो क्रममा सभापति थापाले प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन अघि अद्यावधिक गरिदिन आग्रह गरे । महाधिवेशनको निर्णय नै पार्टीको सर्वापरी हुने भन्दै उनले आफुहरु आधिकारिताका लागि नभइ अद्यावधिकका लागि आयोग आएको बताए ।

विशेष महाधिवेशनबाट कार्यविधि पारित भइसकेपछि सभापति शेर बहादुर देउवा नेतृत्वको कार्यसमिति भंग भएको कुरा निर्वाचन आयोगलाई पहिल्यै जानकारी गराइसकेको उनले बताए ।

त्यस्तै उपसभापति विश्वप्रकाश शर्माले पार्टी बिभाजन नभएको दावी गर्दै विशेष महाधिवेशनले गरेका निर्णय अनुसार अद्यावधिक गर्न खोजेको बताए । पार्टीले महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरेको भन्दै आधिकारिकतामा प्रश्न उठ्ने ठाउँ नै नरहेको उनले बताए ।

त्यसअघि बिहीबार बिहान कांग्रेसको विशेष महाधिवेशनले सभापतिमा गगनकुमार थापा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे सर्वसम्मत निर्वाचित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट