२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

पेट्रोलमा ३ रुपैयाँ, डिजेल-मट्टितेलमा १–१ रुपैयाँ घट्यो, विहीबार मध्यरातदेखि लागु हुने

शुक्रवार , माघ २, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । घटाइएको मूल्य बिहीबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँको कटौती गरिएको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँमा बिक्री हुने छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा नेपालमा इन्धनको मूल्य समायोजन गरिएको निगम सञ्चालक समितिले जानकारी दिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट