काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का आज पत्रकार सम्मेलन गर्दैछन्।
गगन थापा र विश्वप्रकाश शर्माको समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले आफ्नो प्रतिक्रिया सार्वजनिक गर्ने तयारी गरेका हुन्।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सम्मेलन आज दिउँसो २ बजे सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुनेछ।
खड्का पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा प्रतिक्रिया दिनेछन्।
प्रतिक्रिया दिनुहोस