काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरू निर्वाचन आयोग पुगेका छन्।
विशेष महाधिवेशनमार्फत् गगन थापा पार्टी सभापति चुनिएपछि उत्पन्न आधिकारिकता विवादमा आयोगले छानबिन गर्दै आएको अवस्थामा देउवा पक्षको टोली आयोग पुगेको हो।
नेता कल्याण गुरुङका अनुसार केन्द्रीय समितिका पदाधिकारी, जिल्ला सभापति, भातृसंस्था र शुभेच्छुक संस्थाको टोलीले आयोगमा उपस्थित भएर आफ्नो पक्षका कुरा राखेका हुन्। गुरुङले भने, “हामी हाम्रा कुरा राख्न आयोग आएका छौं।”
यही पुस २७ देखि माघ १ गतेसम्म चलेको विशेष महाधिवेशनले गगन थापालाई सभापति चयन गरेको थियो। देउवा र थापा पक्षले दुवैले आफूलाई आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएका छन्। आयोगले सो निवेदनमा छानबिन भइरहेको जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस