२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कांग्रेस देउवा समूहलाई निर्वाचन आयोगको जवाफ : विधि र पद्धति भित्र रहेर निर्णय गर्छौँ

शुक्रवार , माघ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको सन्दर्भमा निर्वाचन आयोगले विधिसम्मत निर्णय गर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।

आधिकारिता दाबी गर्दै निर्वाचन आयोग पुगेका सभापति शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेतालाई सम्बोधन गर्दै प्रमुख आयुक्त भण्डारीले यस्तो बताएका हुन् ।

उनले निर्वाचन आयोगको आफ्नै परम्परा रहेको बताए। उनले भने, ‘संविधान, नियम, कानुन र ऐनको परिधिमा रहेर आफ्नो निर्णय गर्छ। विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन। हाम्रो संस्थागत परम्परा पनि छ।’

संविधान, ऐन, राजनीतिक दलसम्बन्धी नियमावली र कांग्रेसको विधान तथा नियमावलीका आधारमा निर्णयमा पुग्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट