२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

देउवा पक्षधरको चेतावनी : 'निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्छौं'

शुक्रवार , माघ २, २०८२

काठमाडौं । शेरबहादुर देउवा पक्षको कांग्रेसले निर्वाचन आयोगले आफूहरुलाई आधिकारिकताको मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शुक्रबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले पार्टी विधानविपरीत अन्यथा निर्णय गरे देशैभर आन्दोलन हुने बताएका हुन्।

उनले भने, ‘निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन । तर, आशंकाहरू छन्,’ खड्काले भने, ‘निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ । हामी गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुनेछौं ।’

त्यस्तै उनले गगन थापा समूहले झूटको प्रचार गरेको आरोप समेत लगाएका छन्। एकता जोगाउनको लागि पार्टी सभापति शेरबहादुर देउवाले चुनावी टिकटबाट आफू हस्ताक्षर नगर्न तयार हुँदा पनि गगन समूहले नमानेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट