२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कांग्रेसको फुटले निर्वाचनलाई कुनै असर पार्दैन : प्रचण्ड

शुक्रवार , माघ २, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका कारण निर्वाचनलाई कुनै असर नपर्ने बताएका छन् ।

शुक्रबार चितवनमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले कांग्रेस बिभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उब्जिएको भन्दै चुनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताएका हुन् ।

निर्वाचनको मुखमा ठूलो पार्टी बिभाजन हुनु कसैको लागि राम्रो नभएको उनको भनाइ छ । प्रचण्डले सरकारका प्रतिनिधि र निर्वाचन आयोग लगाएत सुरक्षा निकायसंग कुरा गर्दा कांग्रेसका कारण निर्वाचनमा असर नपर्ने जवाफ पाएको उल्लेख गरे ।

सबै पार्टीहरु निर्वाचनतिर नै केन्द्रित भएकाले निर्वाचन हुनेमा ढुक्क हुन उनले आग्रह गरे । प्रचण्डले आफ्नो दलका तर्फबाट प्रत्यक्षतर्फ टिकट बितरण सुरु गरिसकेको बताए । प्रचण्डले अहिलेको अवस्थामा निर्वाचन बाहेक अरु कुनै बिकल्प नभएको भन्दै अन्य बिकल्पमा सोच्न थालिए दुर्घटना निम्त्याउने कारक बन्न सक्ने धारणा राखे ।

कार्यक्रममा भरतपुर महानगरकी प्रमुख रेणु दाहालले जिर्ण भवनवाट सेवाग्राहीहरूलाई सेवा प्रदान गर्न असहज भएकाले नयाँ भवन निर्माण गरिएको बताइन् । उक्त ६ तले प्रशासकीय भवन ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माण भएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट